मेरो सेयर सी आस्वाबाट कसरी गर्ने सेयर आवेदन ? भिडियोमा हेर्नुहोस्

Jan 24, 2018 Merolagani

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले मेरो सेयर सी आस्वा पुर्ण कार्यान्वायनमा ल्याएसँगै कसरी सेयर आवेदन गर्ने भन्ने अन्यौलता अधिकांस लगानीकर्तामा परेको छ । यस अघि आस्वा मात्र प्रचलनमा रहेकोमा अझ सरल अनि परिष्कृत रुपमा आएको सी आस्वाको प्रयोगका लागि सिद्धार्थ क्यापिटलको सेवालाई नमुनाका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

सेयर शिक्षाका रुपमा केन्द्रिय निक्षेप प्रणालीले सी आस्वाको प्रयोगका सम्बन्धमा भिडियो समग्री तयार पार्नु पर्ने हो । तर त्यस्तो हुन सकेको छैन ।

सी आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन । अहिले आस्वाबाट सेयर आवेदन गर्दा प्रत्येक पटक फारम भर्नु पर्नेमा सीआस्वामा पहिलो एक पटक मात्र विबरण भर्दा हुन्छ । दोस्रो पटकदेखि आवेदन गर्ने सेयरको विबरण मात्र भर्नु पर्ने हुन्छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने हुँदा बाँडफाँडको प्रक्रिया समेत छोटिने सिडिएसीको भनाई छ । हालसम्म सी आस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । सिडिएसले सदस्यता नलिएका बैंक तथा वित्तिय संस्थाहरुलाई सी आस्वामा आवद्ध हुन अनुरोध समेत गरेको छ ।

त्यस्तै सिडिएसले लगानीकर्तालाई पनि आफ्नो बैंक खाता रहेको बैंक मार्फत सी आस्वामा दर्ताभई सी आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह समेत गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

यहाँ सिडिएससीको सदस्य सिद्धार्थ क्यापिटलले तयार पारेको भिडियो सामग्रीलाई प्रस्तुत गरिएको छ । जहाँ सि आस्वाबाट साधारण सेयर, हकप्रद तथा थप नयाँ सेयर कसरी आवेदन गर्ने ? प्रष्ट पार्न खोजिएको छ । सबै निक्षेप सदस्यले एकै किसिमले सेवा प्रदान गर्ने भएको हुँदा सी आस्वा लग इन गर्ने समयमा मात्र आफ्नो आफ्नो निक्षेप सदस्यको वेबसाइटमा जानु पर्ने हुन्छ ।

अहिले आस्वाबाट सेयर आवेदन गर्दा प्रत्येक पटक फारम भर्नु पर्नेमा सीआस्वामा पहिलो एक पटक मात्र विबरण भर्दा हुन्छ । दोस्रो पटकदेखि आवेदन गर्दा सेयरको विबरण मात्र भर्नु पर्ने हुन्छ ।

हेर्नुहोस् यो भिडियो ।

 

...[सि-आश्वा पूर्ण रुपमा कार्यन्वयनमा आयो,अब घरमै बसेर सेयर भर्न सकिने]...

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।