साना कम्पनी आफुमा गाभेको देव:को प्रगति यसकारण सुस्तायो

Jan 25, 2018 Merolagani

देव विकास बैंक (DBBL) को दोस्रो त्रैमासको प्रगति स्थिर देखिएको छ । व्याज खर्च झण्डै तीन गुणाले बढ्नु, विदेशी मुद्रा सटहीमा नाफा बढाउनुको साटो घाटा खानु, अन्य खर्चको कटौतीमा कमी ल्याउन नसक्नु र निष्कृय कर्जा अनुपात बढेपछि गर्नुपरेको नोक्सानी व्यवस्थाले बैंकको खुद नाफा स्थिर देखिएको हो ।

समिक्षा अवधिमा बैंकले विदेशी मुद्रा सटहीमा मात्र दुई लाख ३२ हजार नोक्सानी व्यहारेको छ । व्याज खर्च १७ करोडबाट झण्डै तीन गुणाा ४७ करोड पुगेको छ भने निष्कृय कर्जा अनुपात २.५६ प्रतिशतमा उक्लिएको छ । बैंकले यस समयमा कुनै राइट व्याक गरेको छैन ।

समिक्षा अवधिमा बैंकले १४ करोड ६ लाख खुद नाफा बढाएको छ । यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा तीन लाख मात्र बढी हो । निक्षेप संकलन चार अर्ब ४३ करोडले बढाएर १३ अर्ब ५० करोड पुर्याएको छ । यस अवधिमा बैंकको कर्जा विस्तार समेत तीन अर्ब ८५ करोडले बढेर ११ अर्ब ८८ करोड पुगेको छ ।

बैंकले आफ्नो खुद व्याज आम्दानी २० प्रतिशतले बढाएर ३१ करोड ४८ लाख पुर्याएको छ । यद्यपि बैंकका कोषको लागत तीन प्रतिशतले बढेर ८.३६ प्रतिशत पुग्दा आधार व्याजदरमा समेत सोही प्रतिशत बढेर ११.५३ प्रतिशतमा पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

साझा विकास बैंक र युनियन फाइनान्सलाई समाहित गरेर एक अर्ब ६३ करोड चुक्ता पूँजी कायम गरेको बैंकले ४० प्रतिशत हकप्रद विक्री गर्ने प्रकृया अगाडि बढाएकाे छ । बाँकी रकम बैंकले बोनसबाट कायम गर्नेछ ।

जगेडा कोषको रकम ४२ करोडबाट ६० करोड पुगेपछि बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा कायम भएको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा, कर्जा निक्षेप अनुपात ७६.३५ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.२७ गुणा मात्र बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।