व्याजदर वृद्धिको चपेटामा कैलाश,खर्च बढेपछि बढेन नाफा

Jan 26, 2018 Merolagani

निक्षेप व्याजदर वृद्धिको चपेटामा परेपछि कैलाश विकास बैंक (KBBL) को नाफा स्थिर देखिएको छ । चर्को व्याजदर खर्चिनु पर्दा र पूँजी विस्तारको अनुपातमा व्यवसायमा विस्तार हुन नसक्दा बैंकको नाफा गत अावकाे यसै अवधिकाे भन्दा २२ लाख रुपैयाँ मात्र बढेको छ।

बैंकको व्याज आम्दानी भन्दा व्याज खर्च बढ्दा खुद नाफामा सामान्य मात्र सुधार आएको छ । बैंकले व्याज आम्दानी साढे ३४ करोडले बढाउँदा उसको व्याज खर्च ४१ करोडले बढेको छ । निक्षेप लगात ३.५८ प्रतिशतले बढेर ब्याज आम्दानीमा कमी आउँदा त्यसकाे असर नाफामा देखिएकाे हाे ।

गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद व्याज आम्दानी ६ करोड ६१ लाख रुपैयाँले घटेर २९ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।

चालू आवको ६ महिनाको अवधिमा कैलाश विकास बैंकले २६ करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । यस अवधिमा बैंकले १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप तथा १७ अर्ब ५१ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकले निक्षेप तीन अर्ब २० करोड र कर्जा तीन अर्ब १९ करोड रुपैयाँले बढाएको छ ।

समिक्षा अवधिमा बैंकले २० प्रतिशत हकप्रद र बोनसबाट ५५ करोड रुपैयाँ पूँजी विस्तार गर्दा बैंकको २२ लाख रुपैयाँ मात्र खुद नाफा बढेको छ ।

दुई अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको संचित जगेडा कोष ८० करोड १६ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी २१ रुपैयाँ, निष्कृय कर्जा अनुपात ०.५६, सीडी रेसियो ७८.१४, आधार ब्याजदर ११.६६, र निक्षेप लागत ८.५५ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus