एटीएमबाट पैसा नआएपनि खाताबाट घटाउँदा भारतमा एसबिआईले तिर्यो क्षतिपूर्ति

Jan 28, 2018 Agency

भारतको जिल्ला उपभोक्ता अदालतले एटीएमबाट असफल निकासीका बाबजुद बैंकको खाताबाट खातावालाको पैसा काटेको भन्दै एसबीआई (स्टेट बैंक अफ इन्डिया) लाई दोषी ठहराएको छ । अदालतले एसबीआईको बैंककाे नै दोष रहेको भन्दै खातावालालाई ३ हजार रुपैयाँ क्षतिपूर्ति समेत तिराएको छ ।

अकोला जिल्लाको उपभोक्ता अदालतले बैंकलाई गल्तीवश काटिएको पाँच हजार रुपैयाँ पीडित प्रदीप शित्रको खातमा फिर्ता गर्नुका साथै खातावालालाई कानुनी लागतका रुपमा थप दुई हजार रुपैयाँ भुक्तान गर्न समेत निर्देशन दिएको छ । 

पीडित प्रदीप शित्रले गत सेप्टेम्बर २०१७ मा बैकको उजुरी लिएर उपभोक्ता अदालतमा न्यायका लागि पुगेका थिए । त्यही बर्षको जनवरीमा आफूले एटीएमबाट नगद निकाल्दा नआएको तर बैकले आफ्नो खाताबाट पाँच हजार रुपैयाँ पैसा काटेको उनको गुनासो थियो ।

उनले यस मामलाका बारेमा बैंकसँग कुरा राखे उनलाई पैसा फिर्ता मिल्ने आश्वासन दिइएको थियो । तर उनले आफू बैंक धाइराखेको तर पैसा कहिल्यै पनि नमिलेकाले आफू जिल्ला फोरममा सहयोगका लागि जान बाध्य भएको बताएका छन् । 

बैंकलाई बारम्बार सूचना प्रकाशित गरेर सीसीटीभी फुटेज निकाल्न आग्रह गर्दा बैंकले त्यसमा कुनै वास्ता नगरेको र कुनै निर्णय पनि लिइरहेको थिएन । जवाफमा एसबीआईका तर्फबाट कोही पनि उपस्थित नभएपछि यसै हप्ता पीडितका पक्षमा एकतर्फी निर्णय भएको हो । जिल्ला उपभोक्ता फोरमका तर्फबाट अध्यक्ष एस एम अन्टवले र सदस्य भारतीय केतकरको अध्यक्षतामा यसै हप्ता अभियोक्ताका पक्षामा एकतर्फी निर्णय गरिएको थियो । एउटा एटीएमबाट पाँच हजार रुपैयाँ निकाल्दा नआएपछि खातावालाले अर्को एटीएमबाट फेरी पाँच हजार निकालेका थिए ।

तर उनको खाताबाट १० हजार रुपैयाँ निकालिएको म्यासेज आएपछि पीडित प्रदीप शित्रले उजुरी गर्न बैक पुगेका थिए । तर बैक अनुत्तरदायी भएपछि उनी उपभोक्ता अदालत पुगेका थिए ।

त्यसपछि अदालतले एकपक्षीय रुपमा बैंकले गल्तीले काटिएको पाँच हजार रुपैयाँ फिर्ता दिनका लागि निर्देशन दिएको हो । साथै तीन हजार रुपैयाँ क्षतिपूर्ति स्वरुप र दुई हजार रुपैयाँ कानुनी लागत स्वरुप खातावालालाई उपलब्ध गराउनका लागि आदेश दिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।