खराब कर्जा उठाएर एनसीसीले देखायो यस्तो प्रगति

Jan 29, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस (NCCB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३४ करोड ६९ लाख रुपैयाँ खराब कर्जा असुली गरेपछि खुद नाफा उल्लेख्य बढेको देखिएको छ । तर खराब कर्जा असुली हिसाब नगर्ने हो भने बैंकको बास्तविक कमाई ७५ लाखले मात्र बढेको देखिन्छ ।

एनसीसीले गत बर्षको यसै अवधिमा ७ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा २७ करोड ६९ लाखले बढेर ३५ करोड ४५ लाख रुपैयाँ पुगेको हो । बैंकले तीन अर्ब ९ करोड व्याज आम्दानी गरेपनि दुई अर्ब ५१ करोड व्याज खर्च नै भएपछि खुद व्याज आम्दानी ५८ करोड ७४ लाखमा झरेको छ । गत बर्ष बैंकको खुद व्याज आम्दानी एक अर्ब तीन करोड थियो । 

चार विकास बैंकलाई आफुमा समाहित गरेको बैंकले यस अवधिमा ५८ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी ५१ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । बैंकको निक्षेप र कर्जा परिचालन तीन अर्बले मात्र बढेको छ ।

अर्कोतर्फ बैंकको जोखिम व्यवस्थापन कोष ६५ करोड ३७ लाखबाट १४ करोड झरेपछि पनि बैंकलाई थोरै रकम व्यवस्था गर्दा पुगेको देखिन्छ । शूल्क तथा कमिशन, अन्य सञ्चालन आम्दानी, र विदेशी मुद्राबाट हुने कमाई सामान्य बढेको छ । कर्मचारी खर्च तीन करोड ७१ लाख बढेर २८ करोड ८४ लाख पुगेको छ भने अन्य सञ्चालन खर्च भने दुई करोड ९१ लाखले कटौती गरेको छ ।

चुक्ता पूँजी चार अर्ब ६७ करोड नै रहेपछि बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएर १५ रुपैयाँ १५ पैसा कायम भएको छ । तर बैंकले वित्तीय विवरणमा १० रुपैयाँ २४ पैसा प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा रहेको उल्लेख गरेको छ ।

५० प्रतिशत हकप्रद सेयर बिक्री तथा बोनसबाट न्यूनतम चुक्ता पूँजी कायम गर्ने बैंकको योजना छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपातमा केही सुधार भएपनि अझै ४.०४ प्रतिशत रहेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७६.४८, आधार व्याजदर ११.४५, निक्षेप लागत ८.१९ प्रतिशत रहेको छ भने पूँजी कोष अनुपात ११.२४ मा झरेकाले बढाउनुपर्ने बाध्यता रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।