कानून विपरित राष्ट्र बैंकले अाइपिअाे राेकेकाे सामुदायिक लघुवित्तकाे प्रस्टिकरण

Jan 31, 2018 Merolagani

सामुदायिक लघुवित्तले आईपिओ रोकिएको बारे बुधबार आफ्नो धारणा सार्वजनिक गरेको छ । कम्पनीले  संस्था र सहयोगी संस्था नेपाल महिला उत्थान केन्द्रलाई हानी पुर्याउने गरि राष्ट्र बैंकले अाइपिअाे राेक्न लगाएकाे अाराेप लगाएकाे छ । 

नेपालको कुनै पनि ऐन र कानूनमा नभएकाे विषय उठाएर कम्पनीका सञ्चालकमा डर र त्रासको वातारण सिर्जना गरेर राष्ट्र बैंकले अाइपिअाे राेक्न निर्देशन दिएकाे विज्ञप्ती मार्फत बताएकाे छ ।

कम्पनीले सुधारिएको कार्यसम्पादन तथा निर्देशनहरुको कार्यान्वयन सञ्चालक समितिको ६३ र ६४ औं बैंठकबाट पारित गरि राष्ट्र बैंकलाई पुस २५ गते जानकारी गराएको उल्लेख छ । कम्पनीको सञ्चालक हरुमा डर त्रासको वातावरण सिर्जना हुनेगरि नेपाल राष्ट्र बैंकमा बैठक संख्या ६४ र ६५ मा अव्यवहारिक र आत्मघाति निर्णय गर्न लगाई विवरण प्रस्तुत गर्न बाध्य गराएको समेत कम्पनीकाे भनार्इ छ ।

त्यस्तै राष्ट्र बैंकबाट गरिएको दुई पटकको स्थलगत निरिक्षणमा समेत गम्भिर प्रकृतिको कुनै पनि कैफियत उच्चारण सम्म नभएको जनाउँदै एकाएक आईपिओ रोक्नुपर्ने कारण नभएकाे उल्लेख छ ।

अध्यक्ष र सञ्चालकमा माघ ७ गते आईपिओ फुकुवा गर्न निवेदन गर्दा समेत डर र त्रासको वातावरण सिर्जना भएको कम्पनिको भनाई छ ।

हेर्नुहोस् संस्थाले जारी गरेको सूचना :- 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।