नेपाल इन्स्योरेन्स एनसीसीको झण्डै साढे चार लाख कित्ता संस्थापक सेयर बेच्दै

Feb 02, 2018 Merolagani

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको संस्थापक सेयर माघ २१ गतेदेखि विक्री गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले एनसीसी बैंकको चार लाख ३३ हजार ४२ कित्ता शेयर लिलाम बढाबढमा विक्री गर्ने निर्णय गरेको हो ।

यस लिलामी विक्रीका लागि कम्पनीले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई विक्री प्रबन्धक तोकेको छ ।

लिलामीका लागि न्युनतम मुल्य १७० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र दाताले सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । माघ २८ गतेसम्म क्यापिटलको कार्यालय लाजिम्पाटमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाईएको छ ।

माघ २९ गते विक्री प्रबन्धकको कार्यालयमा दिउँसो ४ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।