शिवम् सिमेन्ट आईपिओ जारी गर्ने पहिलो सिमेन्ट उद्योग बन्ला ?

Feb 04, 2018 Merolagani

५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव
शिवम् सिमेन्ट लिमिटेडको आज हुने विशेष साधारणसभाले सर्वसाधारणलाई सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव साधारणसभामा राखेको छ ।

कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । गत पुृस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

शिवमले हालको जारी पूँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४ अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पूँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो ।

गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

शिवम् सिमेन्टले  प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको शिवम सिमेन्टको उद्योग मकवानपुरको हेटौडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ ।

आईपिओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हुनेछ । अर्घाखाँची सिमेन्ट लगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।