१ नम्बर प्रदेशमा आइएमई जनरल इन्स्योरेन्सका ३ नयाँ शाखा

Feb 05, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्सले थप दूई शाखा तथा एउटा उपशाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले झापाको दमक र सुनसरीको इटहरीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । त्यसै गरि मोरङ्गको विराटचोकमा उपशाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

सबै शाखाहरुको उद्घाटन कम्पनीका संचालकहरु योगेश्वर शर्मा ढकाल र प्रताप जंग पाण्डेले गरेका हुन् । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका संचालकहरु ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो र विश्वसनिय सेवा प्रदान गर्ने बताएका थिए ।

बिस्तारित शाखा सहित इन्स्योरेन्सको कुल शाखा संख्या २६ तथा उपशाखा संख्या ३ पुगेको छ । त्यसैगरी १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवाग्राहीहरुलाई बीमा सेवा उपलब्ध गराइरहेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । निकट भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको बताए । उनका अनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४३ करोड रुपैंया बीमाशुल्क आर्जन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।