एनसीसीको शाखा कलङ्कीमा

Feb 05, 2018 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCC) ले कलंकीमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले गत शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण गरेको हो ।

नयाँ शाखाको उद्घाटन गर्दे नेपाल राष्ट्र बैंक, बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरु विस्तार गर्न लागेको जानकारी पाएकोमा खुशी व्यक्त गरे ।

एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेल नयाँ शाखाको प्रगतिमा स्थानियहरुबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंकले नेपाल राष्ट्र बैंकले तोके बमाजिम देशका अन्य क्षेत्रमा समेत शाखा खोलेर अन्य प्रतिस्पर्धी बैंकहरुसँग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि बैंकले माघ १८ गते विहीबार कामपा वडा नं. ३, महाराजगञ्जमा शाखा स्थापना गरेको थियो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका थिए 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।