प्रिमियम मूल्यमा एक करोड ७६ लाख कित्ता एफपिओ निष्कासन गर्ने नेपाल बैंकको प्रस्ताव

Feb 07, 2018 merolagani



राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेको नेपाल बैंक लिमिटेड (NBL) ले थप सार्वजनिक निष्कासन (एफपिओ) जारी गर्ने भएको छ । माघ २३ गते बसेको बैंक संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैंकले प्रिमियम मूल्यमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।

बैंकले एफपिओ निष्कासनको प्रस्ताव आगामी साधारणसभामा लग्ने जानकारी दिएको छ ।

एफपीओ निष्काशन गर्ने सोचमा नेपाल बैंक

नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।

चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा रहेको छ ।

नेपाल बैंकले बनाउदै छ लाभांस खुवाउने हैसियत




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।