'कम्तीमा २ सय रुपैंया प्रिमियम नपाए एफपीओ आउँदैन' - नेपाल बैंक

Feb 08, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याइसकेको नेपाल बैंक(NBL)ले प्रस्ताव गरेको थप नयाँ सेयर (एफपीओ) का सम्बन्धमा बैंकले आफ्नो प्रष्ट धारणा सार्वजनिक गरेको छ । एफपीओ निष्काशनका लागि तोकिएको मापदण्ड पुरा गरेको अवस्थामा बैंकले अंकित मूल्यमा कम्तीमा पनि २ सय रुपैंया प्रिमियम थप गरी सेयर निष्कान गर्ने बताएको हो ।

बैंकले एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ प्रस्ताव गरे पछि बुधबार दोस्रो बजारमा बैंकको अधिक सेयर कारोबार भएको छ । यद्यपी बैंकको एफपीओ अंकित मूल्यको हाराहारीमा आउने हल्लाका कारण सेयर मूल्य ३ प्रतिशतले घटेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले एफपीओको सन्दर्भले दोस्रो बजार प्रभावित हुन नहुने बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले चुक्ता पूँजी ८ अर्ब माथि पुगेको अवस्थामा कम्तीमा पनि २ सय रुपैंयाको प्रिमियम थप गरी एफपीको निष्काशनको प्रकृया अघि बढाउने बताएका हुन् । उनले भने, 'हामीले अहिले नै प्रस्तावित सेयर मूल्य सार्वजनिक गर्न मिल्दैन । तर २ सय रुपैंयाभन्दा कम प्रिमियममा बैंकले एफपीओ निष्काशन गर्दैन । अंकित मूल्य सहित ३ सय रुपैंयाभन्दा तल एफपीओ ल्याउने काम बैंकले गर्दैन ।' 

एफपीओ निष्काशनका लागि आवश्यक मापदण्ड अनुसार बैंकले बजारको अवस्थालाई पनि मध्यनजर गर्ने शाहको भनाई छ । 'हामी सबै मापदण्ड पुरा भएको अवस्थामा छौं । नियामकले गरेको व्यवस्था र बजारको अवस्थाका आधारमा हाम्रो प्रिमियमको तल्लो विन्दु २ सयदेखि २५० रुपैंया हुन्छ । त्यो भन्दा तलको मूल्यमा बैंकलाई एफपीओ निष्काशन गर्न जरुरी छैन ।' शाहले भने । बैंकको नेटवर्थ र मार्केट भ्यालुलाई आधार मानेर उचित मूल्यमा एफपीओ जारी हुने र यसले बैंकलाई थप मजबुत बनाउने उनको भनाई छ । पुस मसान्तको वित्तीय विबरण अनुसार बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंया ७४ पैसा तथा प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैंया १८ पैसा छ ।

बैंकलाई स्वस्थ अनि सबल संस्थाको रुपमा अगाडि बढाउन सरकारको सेयर स्वामित्व घटाएर सर्वसाधारणको स्वामित्व बढाउन एफपीओ निष्कासन गर्न लागिएको उनको भनाई छ । पछिल्लो समयमा बैंकले आफ्नो वित्तीय अवस्थामा तिब्र सुधार गरिसकेको छ ।

६२ प्रतिशत सरकारी स्वामित्व रहेको बैंकले सरकारको अनुमतिमा सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्नका लागि एफपीओ निष्काशन गर्न लागेको हो । आगामी साधारण सभाले बैंकको प्रस्तावित एफपीओलाई अनुमोदन गरे पछि अरु प्रकृया अघि बढ्नेछ ।

८ अर्ब ४ करोड २६ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैंया नाघ्नेछ भने कम्तीमा साढे ३ अर्बदेखि ४ अर्ब रुपैंया प्रिमियम संकलन गरी जगेडा कोषमा सञ्चित गर्नेछ । गत पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ४ करोड ७५ लाख रुपैंया सञ्चित छ । चालु आर्थिक वर्षको समाप्ती पछि बैंकको जगेडा कोषको आकार १० अर्ब नाघ्नेछ । बैंकले चाहेको खण्डमा यही कोषको सदुपयोग गरी आगामी आर्थिक वर्षमा लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सक्छ ।

...[प्रिमियम मूल्यमा एक करोड ७६ लाख कित्ता एफपिओ निष्कासन गर्ने नेपाल बैंकको प्रस्ताव]... 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।