हकप्रदले समेत पाउनेगरी प्राइम लाइफले प्रस्ताव गर्यो बोनस

Feb 08, 2018 merolagani

१६० प्रतिशत हकप्रद बिक्री गर्ने क्रममा रहेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC)  ले उक्त हकप्रदले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको छ । कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

माघ २४ गते बसेको कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६१ करोड दुई लाखको ३२.५ प्रतिशतका दरले कायम हुनेगरी १९ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीले कर प्रयोजनका लागि आवश्यक रकम नगद लाभांस वितरण गर्ने बताएको छ । नगद लाभांसको रकम भने खुलाएको छैन ।

कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारणसभाले १६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको र उक्त हकप्रद निष्कासनको प्रक्रियामा रहेकाले हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ । हकप्रद निष्कासन पश्चातको चुक्तापूँजीमा बोनस प्रदान गर्ने हुदा लगानीकर्ताले १२.५ प्रतिशतका दरले बोनस पाउने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ छ । १६० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी एक अर्ब ५८ करोड ६५ लाख पुग्छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्तापूँजी एक अर्ब ७८ करोड ४८ लाख पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।