एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त

Feb 15, 2018 merolagani

एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्र गठबन्धको बहुमत सरकारमा ओली दोस्रो पटक तर नयाँ जनादेशमा प्रधानमन्त्री बनेका हुन् । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनका लागि केहीबेर अघि दावी पेस गरेका थिए ।

 

 प्रधानमन्त्रीको दावी पेस गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहान ९ बजे राष्ट्रपति कार्यलय पुगेका थिए ।

सो लगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामाको घोषणा गरेका थिए । प्रधानमन्त्री देउवाले राजीनामा बुझाए लगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२ )अनुसार ओलीलार्इ प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

ओलीले आफूलाई प्रधानमन्त्री बनाउने भनी एमाले स्थायी समितिले गरेको निर्णयसम्बन्धी पत्र र माओवादी केन्द्रका ५३ सांसदको समर्थन रहेको प्रचण्डको पत्र राष्ट्रपतिलार्इ पेश गरेका थिए ।

दुर्इ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेका १ सय २१ र माओवादी केन्द्रका ५३ सदस्य छन्। बहुमतिय अकं गणितको आधारमा राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीले आजै ४ बजे शपथ ग्रहण गर्ने र सानो आकारको मन्त्री मण्डल गठन हुने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।