अहिलेसम्मकै सस्तो मूल्यमा केएल मोबाइल हबमा मोबाइल

Feb 19, 2018 Merolagani

नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाण्डौंको चाबहिलमा रहेको के एल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो ।

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । ‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ ग्लाइडरले भने ।

मेलामा मोबाइल किन्नेहरुको चाप बढे पछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागि गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किने पछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्नेछन् । मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको छ ।

एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइल हबले सञ्चालन गरिरहेको मेलामा खेल खेलेर मोबाइल जित्नुका साथै फोटो कन्ट्स्टमा फोटो खिचाएर पनि मोबाइल जित्न सक्ने अफरहरु छन् ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ । साथै मोबाइल हवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७ मोबाइल पाउने छन् ।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिती बाक्लो भएको मोबाइल हबका निर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइल हबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नाम दिइएको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालन हुनेछ ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।