नबिल र कृषि विकास बैंकले ग्राहकलाई गरे सिरआरएन नम्बर लिन अपिल

Feb 19, 2018 Merolagani

नबिल बैंक लिमिटेड र कृषि विकास बैंकले आफ्ना बैंकमा खाता रहेका ग्राहकलाई सि-आस्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिन आग्रह गरेका छन् । धितोपत्र बोर्डको निर्देशन बमोजिम फागुन ११ गतेदेखि सबै सार्वजनिक निष्काशनहरूमा सिरआरएन नम्बर मार्फत मात्र आवेदन गर्नुपर्ने व्यवस्था गरेपछि दुबै बैंकले सो अपिल गरेका हुन् ।

नबिल बैंकले धितोपत्र खरिद गर्न चाहने ग्राहकलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सि-आस्वामा दर्ता गरि सि आस्वा रिजिष्ट्रेशन नम्बर (सिआरएन) लिन भनेको छ ।

बैंकले फागुन ११ गतेदेखि सर्वसाधारणहरुमा निष्काशन हुने धितोपत्र खरिदका लागि अनिवार्य रुपमा सि आस्वा प्रणाली मार्फत आवेदन दिनुपर्ने व्यवस्था भएकोले आफ्ना ग्राहकलाई सो आग्रह गरेको जनाएको छ । 

साथै नबिलले सि आस्वा मार्फत सेयरमा आवेदन गर्दा लाग्ने शूल्क निशुल्क गराइएको जनाउँदै हालसम्म पनि हीतग्राही खाता (डिम्याट) नखोलेका ग्राहकले बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा निशूल्क हितग्राही खाता खोल्न सकिने व्यवस्था गरिएको उल्लेख गरेको छ ।

उता कृषि विकास बैंकले पनि सोमबार सूचना प्रकाशित गरेर कृषि विकास बैंकमा खाता रहेका लगानीकर्तालाई नजिकैको शाखामा सि आस्वा रजिष्ट्रेशन दर्ता फारम बुझाइ सि आस्वा रजिष्ट्रेशन नम्बर लिन अनुरोध गरेको छ । बैंकले सो फारम बैंकको वेभसाइटबाट डाउनलोड गरेर समेत बुझाउन सकिने बैंकले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्र खरिद आवेदन गर्दा आस्वा प्रणाली मार्फत हुँदै आएकोमा सिडिएस एण्ड क्लियरिङ्गको नीतिगत व्यवस्था बमोजिम फागुन ११ गतेदेखि सि-आस्वा प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था भएकाले ग्राहकलाई आईपिओमा आवेदन गर्न सि-आस्वा रजिष्ट्रेशन नम्बर लिन सूचीत गराएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।