मिटर ब्याज लगाएर ब्याज असुली गर्ने अाठ पक्राउ

Feb 19, 2018 MEROLAGANI

सुनसरी र मोरङमा राष्ट्र बैंक तथा सहकारी विभागबाट अनुमति नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने ८ व्यवसायीलार्इ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । प्रदेश १ को क्षेत्रीय अनुसन्धान टोलीसँगको समन्वयमा सीआईबीले चलाएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूलार्इ वित्तिय कानुन विपरित कार्य गरेको आरोप लगार्इएको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रालिका भीमप्रसाद चौधरी, वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रालि, धरानका चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा।लि। बिराटनगरका राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा।लि।, इटहरीका सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा।लि, इटहरीका डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्य छन् ।

प्रहरीले दिएको जानकारी अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध रुपमा रकम सङ्कलन भएको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।