प्राइम लाइफको १६० प्रतिशत हकप्रद फागनु २७ देखि बिक्रीमा आउने

Feb 21, 2018 merolagani

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLICL) ले फागुन २७ गतेदेखि हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

प्राइमको हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले फागुन १७ गते विहीबार बुकक्लोज गर्ने भएकाले १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।