सेन्ट्रल फाइनान्सको ५०% हकप्रद आइतबारमात्र भर्न पाइने

Feb 23, 2018 Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले पुस २३ गतेदेखि निष्कासन गरेको ५० प्रतिशत हकप्रद फागुन १३ गतेसम्म मात्र खुला गर्ने भएको छ । यसपछि हकप्रद भर्ने समय थप नहुने समेत कम्पनीले जनाएको छ ।  सेन्ट्रलले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका २६ करोड ६ लाख रुपैयाँ बराबरको २६ लाख ३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । फाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्न पुस ४ गते सेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार पुस ३ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा सेन्ट्रल फाइनान्सका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, विरगन्ज, नेपालगञ्ज, इटहरी र धनगढी शाखा कार्यालय र आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ६ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ७८ करोड ९ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुग्नेछ ।

फाइनान्सले यस अवधिमा दुई अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरि दुई अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाले काठमाडौको चावहिल, भक्तपुरको च्यामासिंह, नवलपरासीको बर्दघाट,र महोत्तरीको बर्दिबासमा शाखा सञ्चालनमा रहेका छन् ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।