लूम्विनी विकास बैंकको पोखराको न्यूरोड शाखा फूलवारीमा स्थानान्तरण

Feb 23, 2018 Merolagani

लूम्विनी विकास बैंक (LBBL) ले मर्जरको कारण दोहोरिएको पोखराको न्यूरोड शाखा कार्यालयलाई पोखरा लेखनाथ नगरपालिका ११, फूलवारीमा स्थानान्तरण गरेकोमा विहीबार औपचारिक उद्घाटन भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष सूशिलराज पराजूलीले एक समारोहका विच स्थानान्तरण गरिएको शाखाको औपचारिक उद्घाटन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले बैंकले ग्रामिण भेगमा समेत क्रमश सेवा विस्तार गर्दै आगामी दिनमा आध’निक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

लूम्विनीको केन्द्रीय कार्यालय डिल्लीबजार र अन्य ६० शाखा सञ्जालहरु तथा १२ एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकले पुस मसान्तसम्ममा १९ अर्व १८ करोड रुपैयाँ निक्षेप संकलन गरि १७ अर्व २५  करोड रुपैयाँ कर्जा प्रवाह गरि २२ करोड ५९ लाख सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकवाट विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै  लगायतका सम्पुर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हूनेछन् । हालै बैंंकले अन्तराष्ट्रिय स्तरको संग आबद्द भई नेपाल तथा भारतमा समेत चलाउन सकिने जारी गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।