लगानीकर्तालाई हकप्रदको बोझ थेग्नै मुस्किल, समय बढाउँदै कम्पनीहरु

Feb 25, 2018 merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुले रोजेको हकप्रदको बाटो सेयरबजारका लगानीकर्ताहरुमा आर्थिक बोझकै रुपमा देखिन थालेको छ । जसले गर्दा कम्पनीहरुले निष्कासन गरेको हकप्रद तोकिएको समयमा बिक्री नहुँदा समय बढाउन बाध्य हुने गरेका छन् ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुले निष्कासन गरेका हकप्रद भर्दा भर्दा लगानीकर्तामा हकप्रद भर्ने रकम नहुँदा पछिल्ला चरणमा बिक्रीमा आएका हकप्रद सेयरहरु निर्धारीत समयमा बिक्री हुनै छाडेका छन् ।

निरन्तर सेयरबजारमा आएको गिरावट, त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको लगानी योग्य पूँजीको अभावले सेयर कर्जा विस्तारमा अवरोध आउँदा पनि लगानीकर्ताहरुले समयमै हकप्रद भर्न नसकेका हुन् ।

पछिल्लो समयमा दश बराबर चार अर्थात ४० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको प्रभु बैंक (PRVU) ले तोकिएको समयमा हकप्रद बिक्री नभएपछि समय थप गरेको छ । बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

बैंकले फागुन १३ गतेसम्म हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद राखेर हकप्रद निष्कासन गरेको थियो । अहिले यो म्याद १० दिन थप गरेको छ । कम्पनीको हकप्रदमा फागुन २३ गतेसम्म आवेदन गर्न पाईनेछ ।
बैंकको सेयरमा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

नौ कम्पनीको चार अर्ब ६४ करोडको हकप्रद बजारमा

प्रभु बैंक सहित अहिले बजारमा नौ कम्पनीका चार अर्ब ६४ करोड एक लाख २९ हजार १७८ रुपैयाँ बराबरको चार करोड ६४ लाख एक हजार १२९ दशमलव ७८ कित्ता हकप्रद सेयर जारी भैरहेका छन् ।

पोखरा फाइनान्सको हकप्रद भर्ने म्याद सकिसकेको छ । ग्रिन डेभलपमेन्ट बैंकले १५ दिन समय थपेको छ । सेन्ट्रल फाइनान्सको आज अन्तिम दिन परेको छ ।

कर्णाली डेभलपमेन्ट र लुम्बिनी विकास बैंकको फागुन १६ गते, कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको फागुन २० गते र नेको इन्स्योरेन्सको हकप्रद लगानीकर्ताले चैत १ गतेभित्र भरिसक्नुपर्नेछ ।

हाल लगानीकर्ताबाट यतिको ठूलो रकम हकप्रदमा खर्चनुपर्दा धितोपत्रको दोस्रो बजारमा भने नेप्से परिसूचक दिनप्रतिदिन ओरोलो लाग्ने क्रम अझै जारी छ । मागभन्दा सेयरको आपूर्ति अत्याधिक हुँदा लगानीकर्ताले भएको रकम हकप्रदमै खर्च गर्नुपरेको छ । पूँजी पुर्याउने क्रममा रहेका धेरै कम्पनीको हकप्रद धितोपत्रको बोर्डको पाइपलाइनमा रहेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धि गर्दा फोर्स मर्जरमा लैजान नसक्दा र प्राय धेरै कम्पनीले पूँजी कायम गर्ने औजार हकप्रदलाई नै बनाउँदा अहिलेको अवस्था सिर्जना भएको हो ।

बीमा कम्पनीले हकप्रद शेयर निष्काशनको तयारीमा

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेकोमा २२ बीमा कम्पनीमध्ये विभिन्न ६ बीमा कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरेका छन् । ती बीमा कम्पनीले कूल दुई करोड ८३ लाख ४८ हजार ८३७ कित्ता हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सूर्या लाइफ इस्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्सले कूल दुई अर्ब ८३ करोड ४८ लाख ८३ हजार ७१४ रुपैयाँको दुई करोड ८३ लाख ४८ हजार ८३७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेका हुन् ।

एभरेष्ट इन्स्योरेन्सको हकप्रदको रेशियो भने परिर्वतन हुनेछ ।

एशियन लाइफको आजै बाट खुल्यो

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । एशियनले चुक्तापुँजी बढाउन ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीको हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।