डा. खतिवडादेखि शेयरबजार त्रैसित भएकै हो त ? या फैलाइँदैछ अफवाह !

Feb 26, 2018 Merolagani

लामो समयपछि अर्थतन्त्रको ज्ञाता अर्थमन्त्री पाउँदा नेपालको सेयर बजार भने निरुत्साहित देखिएको छ । दुई-दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको गभर्नर समेत बनिसकेका डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुँदा सेयर बजारमा देखिएको निराशालाई भने कौतुहलता पूर्वक हेरिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनको बाम सरकारका प्रधामन्त्रीमा ओली नियुक्त भएका दिन ३६ अंकले बढेको बजार त्यस पछिका दिनमा निरन्तर घट्न थाल्यो ।

राष्ट्रिय सभामा डा. युवराव खतिवडा सिफारीश भएपछि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो । उनी अर्थमन्त्री नियुक्त भएकै दिन सेयरबजार १५ अंकले घट्यो ।

खतिवडा अर्थमन्त्रीमा आउने चर्चा र सेयर बजारको गिरावट संयोग मात्र हो वा सेयरबजारका लगानीकर्ता मात्र देखिएको संशय हो । यो भोलिका दिनले देखाउनेछ ।

पूर्व-अर्थमन्त्रीहरु, उद्योगी व्यवसायीले अब बन्ने सरकारमा अर्थमन्त्रीको रुपमा डा. खतिवडा आएमा देशको अर्थतन्त्र मजबुत हुने बतार्इरहँदा सेयर बजारका लगानीकर्ता निरुत्साहित देखिएका छन् ।

खतिवडा गभर्नर हुँदा बैंक तथा वित्तीय संस्थाप्रति कडा रुपमा प्रस्तुत भएको छबिका कारण पनि शेयर बजारका लगानीकर्ताहरुमा मनोवैज्ञानिक प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् ।

यता नेपाल इन्भेष्टर्स फोरमले भने खतिवडा अर्थमन्त्री नियुक्त हुने वित्तीकै स्वागत गर्दे बैकिङ क्षेत्र सबैभन्दा कठिन अबस्थामा रहेको समयमा सहज रुपमा सहि मार्गमा ल्याई लाखौं लगानीकर्ताहरुको लगानी सुरक्षित गराउन सफल हुने विश्वास व्यक्त गरेको छ ।

फोरमका अध्यक्ष अम्बिका पौडेलले नेपालको अर्थतन्त्र र विकासका समस्याहरुलाई नजिकबाट निहाल्नु भएका खतिवडा अर्थमन्त्री हुँदा समग्र अर्थतन्त्रको साथै सेयरबजारको द्धिर्घकालिन विकासमा सहयोग पुग्ने बताए ।

केही लगानीकर्ता भने अर्थमन्त्रीको रुपमा डा. खतिवडा आएमा बजार अझै तल झर्ने भन्दै त्रसित देखिएका छन् । विगतमा खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा पनि सेयर बजारमा उल्लेखनिय सुधार नभएकाले उनी अर्थमन्त्री हुँदा पनि बजार विकासमा खासै उल्लेखीय प्रगति नहुने तर्क गर्ने गरेका छन् ।

सेयर बजारमा भविष्य देखेर द्धिर्घकालिन लगानी गर्नेहरु भन्दा पनि खतिवडा गभर्नर भएपछि अल्पकालिन कारोबारी र सेयरबजारमा सूचनाको चुहावट गरेर लाभ लिन पल्लकेकाहरु त्रसित बनेको र उनीहरुले अनावश्यक भ्रम छर्ने गरेको लगानीकर्ता सिता कुँवरले मेरो लगानीलाई बताईन् ।

अर्थतन्त्र बुझेका गभर्नर आउँदा सेयरबजारमा सुधार हुने विश्वास छ, चलखेल गर्नेहरुले भ्रमको खेती गरिरहेको कुँवरकाे बुझाइ ।

विं. सं. २०६६ सालमा खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएर जाँदा देश अर्थतन्त्र कमजोर अवस्थामा थियो। देश त्यतिबेला घाटामा थियो । उनको गभर्नर पद सकिने बेला भने देशको शोधानान्तर उच्च नाफामा पुगेको थियो । डा. खतिवडाले सुन, गाडी लगायतका बिलासी बस्तुहरुको आयातमा कडाइ गर्ने नीति अबलम्बन गरेपछि त्यसले देशको भुक्तानी सन्तुलनलाई बचतमा ल्याएका थिए ।

खतिवडा  गभर्नर हुँदा घरजग्गा र सेयर बजारप्रति केही अनुदार देखिएका थिए । सेयर कर्जामा कडाई, उत्पादन सहित प्राथमिकताका तोकिएको क्षेत्रमा बैंकहरुलाई कर्जा दिन लगाउने र बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा एक्वीजेशन नीति खतिवडाकै पालामा आएको थियो ।

देशको अर्थतन्त्र सुधार गर्न र उद्यमशिलताको विकास गर्न कस्ता नीति चाहिन्छन् त्यसमा खतिवडा जानकार छन् । यसलाई निजी क्षेत्रका व्यवासायी तथा प्रतिपक्ष दलका पूर्व-अर्थमन्त्रीहरुले समेत सकारात्मक रुपमा लिएका छन् ।

को हुन् खतिवडा ?

डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुई पटकसम्म उपाध्यक्ष रहिसकेका अर्थविद् हुन् ।

डा. खतिवडा मौद्रीक अर्थशास्त्रमा विद्यावारिधि हुन् । उनले श्रीलङ्काकाे कोलम्बाेमा यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरेका थिए । उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका थिए।

त्यसपछि उनी  ०६६ साल चैत ६ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भए। राष्ट्र बैंकबाट अवकाश भएपछि केही समयमै फेरि योजना आयोगको उपाध्यक्ष नियुक्त भए ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक छदैँ उनी योजना आयोगमा सन् २००२ मा सदस्य नियुक्त भएका थिए ।

खतिवडाले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्धालयमा (२०४७ देखि २०४८) अध्यापन र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा कार्य गरेका थिए ।

वि. सं. २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका डा. खतिवडाले वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका हुन् । पछिल्लो समय नेकपा एमालेका अधिकांश आर्थिक नीतिहरु लेखेका खतिवडा केही निश्चित उद्योगहरु राज्यकै लगानीमा चलाउनु पर्ने धारणा राख्छन् ।

यसअघि खतिवडाले गर्भनरबाट अवकाश भएपछि सरकारी सेवामा ३० वर्षे सेवा अवधिमा प्राप्त गरेको ज्ञान र क्षमतालाई राष्ट्रको नीति निर्माणमा लगाउन राजनीतिमा लाग्न इच्छुक रहेको बताएका थिए । सोही बेला राज्यले आवश्यक ठाने उचित जिम्मेवारी लिन आफू तयार रहेको बताएका थिए ।

एमाले राजनैतिक पृष्ठभूमि रहेका खतिवडाले ०४१ साल चैतमा राष्ट्र बैंकमा जागिर सुरु गरेका थिए । माधव नेपाल नेतृत्वको सरकारले ०६६ साल चैत ६ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भई २०७१ चैत ६ गते अवकाश लिएका थिए । त्यस समय उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छाडेर गभर्नर भएका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।