सनराइजले पनि ग्राहकलाई गर्यो सिआरएन नम्बर लिन आग्रह

Feb 28, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले आफ्नो बैंकमा खाता रहेका ग्राहलाई सि-अास्वा रिजष्ट्रेशन नम्बर (सिआरएन) लिन आह्वान गरेको छ । धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम फागुन ११ गतेदेखि आइपिओ, एफपिओ, र हकप्रदको दरखास्त दिँदा अनिवार्य रुपमा सि-आस्वा मार्फत गर्नुपर्ने व्यवस्था भएपछि बैंकले सो आग्रह गरेको हो ।

सनराइजले बैंककाे वेभसाइटबाट डाउनलोड गरेर अथवा कुनैपनि शाखा कार्यालय मार्फत फारम प्राप्त गरि सिआरएन नम्बर लिन सकिने जनाएको छ । हरेक धितोपत्रमा आवेदन गर्दा सिआरएन नम्बर आवश्यक हुने हुँदा यथाशीघ्र लिन समेत बैंकले भनेको छ ।

हालसम्म हितग्राही खाता नखोलेका ग्राहकलाई सनराइज बैंकको कुनैपनि शाखा कार्यालय तथा सनराइज क्यापिटलबाट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।