कसरी हुन्छ एक सातामा सेयर बाँडफाँड ? मेरोसेयर अनिवार्य हैन, सीआस्वा हो

Feb 08, 2018 Merolagani

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विहीबार पत्रकार सम्मेलन गरि सि-आस्वा मार्फत आवेदन दिन मेरो सेयरबाट मात्र पाईने र थप शुल्क लाग्ने बुझाइमा सत्यता नरहेको स्पष्ट पारेको छ । मेरो सेयर प्रयोग नगर्ने लगानीकर्ता पनि सि- आस्वा सेवाबाट बञ्चित हुनु नपर्ने कम्पनीकाे भनाई छ । सि अास्वामा लगानीकर्ताकाे विवरण अभिलेख गरिने भएकाले एक सातामा नै सेयर बाँडफाँड गर्न सकिने पनि कम्पनीले जनाएकाे छ ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले प्राथमिक निष्काशनमा अनलाइनबाट मात्र आवेदन गर्न पाउने र मेरो सेयर नै अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था नरहेको बताए । उनले फागुन ११ गतेदेखि अनिवार्य सि- आस्वा प्रणाली लागू भएपछि पनि लगानीकर्ताले अहिले जस्तै बैंकमा उपस्थित भई आवेदन दिन सक्ने र यसरी आवेदन गर्दा कुनै नयाँ शूल्क नलाग्ने स्पष्ट पारे । 

लगानीकर्ताले अनिवार्य सि-आस्वा प्रणाली लागू भएपछि आफ्नो खाता रहेको बैंकमा गएर बैंक खाता र हितग्राही खाता रुजु गराउनुपर्ने हुन्छ । यसपछि सि-आस्वा रजिष्ट्रेशन नम्बर अर्थात सिआरएन नम्बर प्राप्त गर्दछन् ।सिआरएन नम्बर प्राप्त नगरि भने आवेदन गर्न पाइने छैन । यसले अहिले डिम्याट नम्बरमा हुँदै आएको गल्ती र दोहोरो आवेदन हट्ने सिडिएससीको भनाइ छ । सिआरएन नम्बरको प्रविष्टी भएका आवेदकको विवरण रुजु भैसकेको हुनाले विक्री प्रबन्धकलाई आवेदकको विवरण रुजु गर्न नपर्ने भएकाले एक हप्ताभित्रै बाँडफाँड गर्न सकिने कम्पनीले जनाएको छ ।

.......[ सी आस्वा र आस्वामा झुक्किनु भयो ? यसरी हुनुहोस प्रष्ट ]..........

घरमै बसेर इन्टरनेट मार्फतबाट आवेदन गर्न चाहने लगानीकर्ताले भने एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइट मा गएर आवेदन गर्न सक्नेछन् । आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यबाट बार्षिक शुल्क ५० रुपैयाँ तिरेरयो सेवा लिन सकिन्छ ।

यो शूल्क प्राथमिक निष्काशनका लागि मात्र नभई आफ्नो सेयरको मौज्दात र पोर्टफोलियो हेर्न, सेयर धितोबन्धकीमा रहेको विवरण तथा आफ्नो कारोबार र आवेदन गरेको सेयर पर्याे कि परेन हेर्न मिल्ने सेवाका लागि लिइएको सिडिएससीले जनाएकाे छ ।

तर अहिले निशुल्क आस्वा सेवा लिइरहेका लगानीकर्ताले भने आफ्नो खाता रहेको बैंक मार्फत सिआरएन नम्बरका लिनका लागि कुनै शुल्क नलाग्ने सिडिएससीले जनाएको छ ।

साथै सिडिएससीले सि आस्वामा आवद्ध संस्थालाई सबै शाखाबाट सेवा प्रदान गर्न र आवद्ध हुने क्रममा रहेका वित्तीय संस्थालाई तत्काल आवद्ध भै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सिडिएससीले फागुन ११ गतेदेखि 'धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युत्तिय सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका २०७४' कार्यान्वयन गर्दे सि आस्वा प्राणाली अनिवार्य गर्देछ ।

...[ मेरो सेयर सी आस्वाबाट कसरी गर्ने सेयर आवेदन ? भिडियोमा हेर्नुहोस् ]...

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।