एपोलो हस्पिटलमा सांग्रिला बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई १० प्रतिशतसम्म छुट

Feb 28, 2018 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल ईन्डीया बिच सेवा आदानप्रदान बिषयमा सम्झौता भएको छ । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे ।

एपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा उक्त सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्धिपक्षिय सहमति भएको हो ।

 

सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहकहरु, १५ हजार भन्दा बढी शेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्वसुलभ तरीकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन् । उक्त सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनु पर्नेछ ।

एपोलो हस्पिटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पिटलको काठमाडौं स्थित सुचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलसँग सिधै समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट हस्पीटल वा होटलसम्मको यातायातको सुविधा हस्पिटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ ।

नेपालका धेरै उच्च पदस्थ ब्यक्तिहरुले एपोलो हस्पिटलबाट सेवा लिईसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईले बताए । कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।