तरलता १३ अर्बमा खुम्चिए पछि राष्ट्र बैंक के गर्दैछ ?

Mar 02, 2018 Merolagani

तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले शुक्रबार बजारमा ५ अर्ब रुपैयाँ पठाउदैछ । बैंक तथा वित्तीय संस्थामा तरलतामा संकुचन आए पछि केन्द्रीय बैंकले ट्रेजरी मार्फत पैसा पठाउन लागेको हो ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँगको सरकारको ट्रेजरी बिल खरिदका लागि बोलकबोल उक्त रकम बजारमा पठाउन लागिएको हो ।

बैंकिङ प्रणालीमा १३ अर्ब रुपैंयाको मात्र तरलता कायम भए पछि केन्द्रीय बैंकले यस्तो योजना बनाएको हो । रिपो जारी गर्न अन्तर बैंक व्याजदर ५ प्रतिशतभन्दा तल रहेकाले ट्रेजरी मार्फत पैसा बजारमा पठाउने योजना बैंकल ेबनाएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।