आईपीओ अनि हकप्रद भर्दै हुनुहुन्छ ? माछापुच्छ्रे बैंकका खातावालाले यसो गर्नुहोस्

Mar 02, 2018 merolagani

कुनै पनि बैंकको कुनै पनि शाखाबाट सेयर आवेदन गर्ने इच्छा छ ? बैंक खाता भएको बैंकमा सम्पर्क गरी एकै पटक सबै तयारी पुरा गर्न सकिन्छ ।  माछापुच्छ्रे  बैंकले पनि आफ्ना सेवाग्राहीलाई लक्षित गर्दै सीआस्वा सुरु गरेको छ । बैंकले कुनै पनि शाखाबाट कुनै पनि किसिमको सेयर आवेदन संकलन गर्ने लक्ष्य सहित सीआस्वा सुरु गरेको हो । 

बैंकका सेवाग्राहीले अब कुनै पनि शखामा सम्पर्क गरी सीआरएन नम्बर लिनु पर्ने हुन्छ । सो पश्चात अनलाइनबाट वा बैंकमाट फारम भरेर हकप्रद, आइपीओ, एफपीओ लगायतका सेयरमा आवेदन गर्न सकिन्छ । 

यदि ग्राहकले अनलाईन आवेदन दिन चाहेमा सिडिएस् एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा प्रदान गरिएको मेरो शेयर सेवा आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यमा गई उक्त सेवा लिन बैकले अनुरोध गरेको छ । बैंकले सम्पूर्ण शाखा मार्फत डिम्याट खाता खोल्न सकिने र मेरो शेयरमा पनि दर्ता गर्न सकिने तथा शून्य मौजदातमै बचत खाता खोल्न सकिने व्यवस्था समेत रहेको व्यहोरा जानकारी गराएको छ ।

बैकले ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, लगायत १४ शाखा रहित बैंकिगं सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिगं सेवा प्रदान गरिरहेको छ।बैंकको देशभर ८६ वटा एटीएम काउण्टर संचालनमा छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।