एक अभिव्यक्तिले बजारमा पहिरो जाँदा किन साँधिदैछ मौनता ?

Mar 04, 2018 Merolagani

अर्थमन्त्री ज्यू, व्यक्तिगत हैन सरकारको धारणा ल्याउनुस
अर्थमन्त्रीको अभिव्यक्तिलाई मुख्य कारण बनाएर एकाएक सेयर बेच्नेको ओइरो लागे पछि आइतबार बजार प्यानिक बनेको छ । योसँगै अर्थमन्त्रीलले केही दिन अघि सार्वजनिक गरेका अभिव्यक्ति पनि विवादमा तानिएका छन् । लगानीकर्ताले भने अर्थमन्त्रीको अभिव्यक्तिप्रति आक्रोस पाखेका छन् ।

बजारमा लगानीकर्ता अत्तालिएर सेयर बेच्न दौडधुप गर्दैगर्दा सम्बद्ध कुनै पक्षले संयमितता अपनाउन केही धारण सार्वजनिक गर्ने छाँटकाँट देखिएको छैन । बजार एकाएक ५० अंकभन्दा धेरैले तल झरे पछि लगानीकर्ता कतै कुनै चमत्कार पो भईहाल्छ कि भनेर पर्खिएर बसेको अवस्था छ । यहि अवस्था रहने हो भने भालि नभईदिए हुन्थ्यो भन्ने आतेसमा परेका लगानीकर्तालाई कतैबाट पनि सहानुभुति नआउने पक्का भएको छ ।

विगतमा बजारमा यस्तै उतारचढाव आउँदा नियामक निकायदेखि सम्बद्ध पक्षहरुले आधाकारिक धारणा सार्वजनिक गर्दै लगानीकर्तालाई संयमित बनाउने प्रयास गर्दै आएका थिए । तर आइतबारको बजार घटाईलाई भने कुनै निकाय वा पक्षले चासोका साथ हेरेका छैनन् । सबै पक्षले बजार घट्नु अनि बढ्नु स्वभाविक कृयाकलाप भए पनि आइतबार हल्लाले धेरै प्रभाव पारेको बताएका छन् ।

सेयर बजारको फ्रण्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जले बजार घटबढको प्रकृया प्राकृतिक रहेको भन्दै हल्ला र त्रासदीपुर्ण खबरको पछि नलाग्न आग्रह गरेको छ । मेरोलगानीसँग कुरा गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘बजार घट्नका लागि अहिले नीतिगत रुपमा कुनै निर्णय भएको छैन । आफुले गरेको लगानीप्रति विश्वासिलो हुन नेप्से आम लगानीकर्तासँग आग्रह गर्छ ।’

उता धितोपत्र बोर्ड बोर्डले पनि आधिकारिक रुपमा अभिव्यक्ति नआउने जनाउँदै बजार घट्नुको कुनै ठोस कारण नरहेको बताएको छ ।

मेरोलगानीसँग कुरा गर्दै बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘आफ्नो सम्पत्ती अनि आफ्नो छनौटको कम्पनीको अवस्था कस्तो छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । बजारमा आएका समाचारलाई पहिलो प्राथमिकतामा राखिनु गलत हो । कुनै पनि हल्ला वा धारणा वा अभिव्यक्ति कार्यान्वायनमा आउन कति समय लाग्छ भन्ने कुराको लेखाजोखा गर्दै संयमित हुन लगानीकर्तालाई आग्रह गर्दर्छौ ।’

अर्थमन्त्रालयमा भने सेयर बजारमा गएको पहिरोका सम्बन्धमा विषय प्रवेश भएको छैन । आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रतिनिधिहरुको सपथग्रहणको कार्यक्रम रहेकाले मन्त्रालयस्तरमा केही कुरा नभएको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

लगानीकर्तासम्बद्ध संघसंस्थाहरु पनि खासै अघि सरेका छैनन् । उत्तम अर्यालको नेतृत्वमा रहेको सेयर लगानीकर्ता संघले भने अर्थमन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । पूँजी बजारको माध्यमबाट नै ठुला जलविद्युत आयोजना निर्माण भईरहेको भन्दै संघले अर्थमन्त्रीले किन बजारलाई अनुत्पादक भनेर लगानीकर्तालाई निरुत्साहित बनाउन खाजेको भन्ने प्रश्न उठाएको छ ।

तरलता संकट समाधानमा काम नगरी अर्थमन्त्रीले सरकारको स्पष्ट धारण सार्वजनिक गर्नु पर्नेमा आफ्नो लोकप्रियतामा ध्यान केन्द्रित गरेको संघको आरोप छ । साथै उत्पादक र अनुत्पादकको हल्ला फैलाएका अर्थमन्त्रीबाट अर्थतन्त्रमा टेवा पुर्याउने क्षेत्र कसरी अनुत्पादक बन्यो भन्दै जवाफ समेत मागेको छ । संघले विज्ञप्ती मार्फत भनेको छ, ‘ अर्थमन्त्री ज्यू, व्यक्तिगत हैन सरकारको धारण ल्याउनुस, लगानीकर्तालाई अलमलमा नपार्नुस् ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।