आरम्भ माइक्रोमा ७ गुणा बढी आवेदक,कतिले पाउँछन् सेयर ?

Mar 06, 2018 Merolagani

आरम्भ माइक्रोफाइनान्सले फागुन २१ गतेसम्म निष्काशन गरेको साधारण सेयर (आईपिओ)  ७ गुणा बढी आवेदकले  माग गरेका छन् । कुल एक लाख ८९ हजार जनाले एक अर्ब २१ करोड रुपैयाँको सेयर माग गरेको लघुवित्तको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

आवेदक संख्या एक लाख ८९ हजार पुगेकाले सात जनामा एक जना (१४%) ले मात्र लघुवित्तको सेयर प्राप्त गर्ने देखिएको छ ।

धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार गोलाप्रथाबाट १० कित्ता बाँडफाँड गर्दा २७ हजार ४८ जनाले सेयर प्राप्त गर्नेछन् । लघुवित्तको आईपिओमा आवेदन गर्ने बाँकी एक लाख ६१ हजार जनाको हात भने खाली हुनेछ ।

 

माइक्रोफाइनान्सले जारी पूँजीको ४९ प्रतिशत (२ लाख ९४ हजार कित्ता) आईपिओ निष्काशन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

यसअघि निष्काशनमा अाएका अन्य लघुवित्तहरूकाे अाइपिअाे ६/७ प्रतिशतले मात्र सेयर पाउने गरेपनि यस लघुवित्तकाे सेयर भने दाेब्बर अर्थात १४ प्रतिशतले पाउने देखिएकाे हाे ।

आईपिओमा परेको माग आवेदन रकमकाे आधारमा ४४.७४ गुणा बढी हो । कमर्चारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको दुई करोड ७० लाख ४८ हजार रुपैयाँको सेयर सर्वसाधारणलाई निष्काशन गरेकोमा एक अर्ब २१ करोडको आवेदन परेकोले सो तथ्याङ्क देखिएको हो ।

काभ्रेपलाञ्चाेक जिल्लामा केन्द्रीय कार्यालय रहेर पन्ध्र पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको आरम्भको आइपिओ बिक्रीपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।