तपाईलाई आरम्भको आईपिओ पर्यो कि परेन ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

Mar 07, 2018 Merolagani

आरम्भ माईक्रोफाइनान्सको फागुन १५ गतेदेखि २१ गतेसम्म निष्काशन गरेको आईपिओ बुधबार बाँडफाँड भएको छ ।जसको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । अाइपिअाेमा कुल एक लाख ८६ हजार ३८ जनाले सेयर माग गरेकाेमा दाेहाेराे अावेदन गरेका ३८५ जना अावेदककाे अावेदन रद्ध भएकाे विक्री प्रबन्धक एनअाइसी एशिया क्यापिटलले जनाएकाे छ ।

सदर भएका एक लाख ८५ हजार ६५३ जना अावेदक मध्ये गाेलाप्रथाबाट २७ हजार ४८ जनाले सेयर प्राप्त गरेका छन् ।

नतिजा हेर्नका लागि मेरोलगानीको शिर्ष स्थानमा रहेको आईपिओ रिजल्टस् ( IPO>IPO RESULT) मा गएर आरम्भ माईक्रोफाइनान्स छनौट गरि आफ्नो हितग्राही खाता नम्बर राखेर नतिजा हेर्न सक्नुहुन्छ ।

लघुवित्तको आईपिओमा ४३.८३ गुणा बढी आवेदन परेको थियो । माइक्रोफाइनान्सले जारी पूँजीको ४९ प्रतिशत अर्थात २ लाख ९४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । यसमध्ये ८ हजार ८२० कित्ता सेयर कर्मचारी र १४ हजार ७०० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सेयर २७ हजार ४८ जना सर्वसाधारणलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

सर्वसाधारणका लागि छुट्टाएको २ लाख ७० हजार ४८० कित्ता सेयरका लागि एक लाख ८६ हजार ३८ जनाले एक अर्ब १८ करोड ७८ लाख ७५ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ७८ हजार ७५० कित्ता सेयर माग भएको थियो ।

जसमध्ये ३८५ जनाले आवेदन गरेको २३ लाख चार हजार रुपैयाँ बराबरको २३ हजार ४० कित्ता सेयर रद्ध भएको थियो । एक लाख ८५ हजार ६५३ जना आवेदकबाट एक अर्ब १८ करोड ५५ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ५५ हजार ७१० कित्ता सेयर सदर भएको थियो ।

बनेपा १०, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेर पन्ध्र पहाडी जिल्लामा वित्तीय सेवा प्रदान गर्दे आइरहेको आरम्भको आइपिओ बिक्रीपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुगेकाे छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।