देव: विकास बैंकले पनि पु-यायाे मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याजदर

Mar 11, 2018 Merolagani

देव: विकास बैंकले पनि मुद्धति निक्षेपमा बचतकर्तालाई १२ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले आइतबार सूचना जारी गर्दे सो अफर सार्वजनिक गरेको हो ।

देव: विकास बैंकले चार महिनादेखि एक बर्षदेखि अवधिमा निक्षेप जम्मा गर्ने सक्ने बैंकले जनाएको छ । १२ प्रतिशत ब्याजदर प्राप्त गर्न न्यूनतम एक लाख रुपैयाँ राख्नुपर्नेछ । दैनिक मौज्दातमा ब्याज गणना गरि त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले व्याजदर बढाएर गरमागरम बहस चलिरहेको बेला विकास बैंक पनि बाणिज्य बैंकलाई पच्छाउँदै मुद्धति निक्षेपमा १२ प्रतिशत व्याजदर प्रदान गर्न थालेका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।