कुबेर मर्चेन्टको सेयर कारोबार अब सिटी एक्सप्रेसको नामबाट हुने

Mar 12, 2018 merolagani

समस्याग्रस्तबाट मुक्त भएपछि यस्तो आयो पूँजी योजना
नयाँ लगानीकर्ता भित्र्याएर समस्याग्रस्त संस्थाबाट मुक्त भएको कुवेर मर्चेन्ट एण्ड फाइनान्सको सेयर कारोबार अब सिटी एक्सप्रेस फाइनान्सको नामबाट हुने भएको छ । नेप्सेले यो कम्पनीको सेयर कारोबार सिइएफएल (CEFL) कोडमा हुने जनाएको छ ।

यस अघि कम्पनीको सेयर कारोबार केएमबिएसएल (KMBSL)  कोडबाट हुँदै आएको थियो ।

कुबेर मर्चेन्ट फाइनान्सको ११ औ बार्षिक साधारणसभाले ६० प्रतिशत सेयर हिस्सा दिएर नयाँ लगानीकर्ता भित्र्याउने निर्णय गरेको थियो । सोही साधारणसभाले कम्पनीको नाम परिर्वतन गरेर सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड राख्ने निर्णय पारित गरेको थियो ।

नयाँ लगानीकर्ता भित्रयाएपछि गत मंसिरमा राष्ट्र बैंकले कम्पनीलाई शर्त सहित समस्याग्रस्तबाट फुकुवा गरेको थियो । कम्पनीमा सिटी एक्सप्रेस निकट केही व्यवसायी, गैर आवासीय नेपाली तथा वैदेशिक रोजगार व्यवसायीको लगानी थपेका हुन् ।

राष्ट्र बैंकले सञ्चालक तथा ब्यवस्थापकहरुले ऋणको चरम दूरुपयोग गरेर संस्थालाई धरासायी बनाएको भन्दै २०६९ पुसमा कुवेरलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

कम्पनी समस्याग्रस्त संस्थाबाट मुक्त भएपश्चात नयाँ व्यवस्थापन, नयाँ सञ्चालक समिति र नयाँ नामबाट  कार्य अगाडि बढाईएको प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले जानकारी दिए । उनले आगामी असारसम्म कम्पनीको चुक्तापूँजी ४० करोड पुर्याउने योजना रहेको बताए ।

२० करोड पूँजीमा एक बराबर एक हकप्रद निष्कासन गर्ने प्रयोजन अनुसार संस्थापकहरुको कल ईन एडभान्स सहित चुक्ता पूँजी २८ करोड पुगेको घिमिरेले बताए । अब साधारण सेयरधनीलाई शतप्रतिशत हकप्रद बिक्री गरेर चुक्तापूँजी ४० करोड पुर्याउछौ, घिमिरेले भने ।

त्यसपछि थप ४० करोड कसरी पुर्याउने अर्को साधारणसभा बाट तय हुनेछ । पूँजी वृद्धिका लागि मर्जर तथा एक्विजिशन र राईटको विकल्प रहेको उनको भनाई छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार यो कम्पनीले ०७६ मंसिरसम्ममा राष्ट्र बैंकले तोकको चुक्तापूँजी पुर्याउनु पर्नेछ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्युनतम चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

फाइनान्सले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक करोड ४१ लाख सञ्चालन नोक्सानी व्यहोरेपनि झण्डै चार करोड खराब कर्जा असुलीबाट कम्पनीलाई दुई करोड ८२ लाख नाफामा पुर्याएको छ ।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २८ करोड चुक्ता पूँजी रहेको कम्पनीको २२ करोड ४६ लाख जगेडा कोष नोक्सानीमा छ । कम्पनीको प्रतिसेयर आम्दानी३७ रुपैयाँ ७१ पैसा,नेटवर्थ ३७ रुपैयाँ छ । हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयमूल्य १८६ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।