प्रभु लाइफ इन्स्योरेन्सकाे ४ शाखा सञ्चालनमा

Mar 15, 2018 Merolagani

प्रभु लाइफ इन्स्योरेन्सले विहीबार ललितपुर, कलंकी, बानेश्वर र बनेपामा थप चार नयाँ शाखा कार्यालयहरु एकैदिन सञ्चालनमा ल्याएको छ । इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ललितपुर शाखा, कम्पनीका संञ्चालक नरेश बहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा कार्यालय तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बनेपा शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरे ।

ललितपुर शाखा कार्यालयको उद्घाटन गर्दे अशोक शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएकाले जीवन बीमा बजारमा कम्पनीले महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।

कम्पनीका सञ्चालक नरेश बहादुर मल्लले गंगबु तथा नारायणगढ शाखा छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिँदै जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशील बनाउने योजनासहित कम्पनी आएको बताए ।

सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले सांग्रिला विकास बैंकसँगको सहकार्यमा स्थानिय तहसम्म पुगी लक्षितवर्गहरुलाई जीवन बीमा सेवा प्रदान गर्ने बताए ।
प्रभु लाइफ इन्स्योरेन्सले यस अघि नै ताहाचल, वीरगञ्ज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर शाखा कार्यालयहरुबाट कारोवार सञ्चालन गरिसकेको छ ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।