प्रभु इन्स्योरेन्स ४६ प्रतिशत हकप्रद बिक्रीको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

Mar 16, 2018 merolagani

प्रभु  इन्स्योरेन्स (PRIN) ले ४६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । इन्स्योरेन्सले प्रस्ताव गरेका हकप्रद बिक्री पश्चात उसको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम एक अर्ब रुपैयाँ नाघ्नेछ ।

कम्पनीको गत कात्तिक २१ गते सम्पन्न साधारणसभाले १९.२० प्रतिशत बोनस पश्चात ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रभु इन्सुरेन्सले १ः०.४६ अनुपातमा ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी  ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख पुग्नेछ ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ३ करोड २९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ रहेको प्रभुको प्रतिसेयर नेटवर्थ भने १५८ रुपैयाँ छ ।

वीमा समितिको निर्देशन अनुसार निर्जिवन बीमा कम्पनीले एक अर्ब चुक्तापूँजी पुर्याउनुपर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।