बेष्ट फाइनान्सले चैत ९ गतेदेखि एक लाख कित्ता सेयर लिलामी गर्ने

Mar 16, 2018 Merolagani

बेष्ट फाइनान्स कम्पनीले चैत ९ गतेदेखि हकप्रदमा अवितरित एक लाख ८ हजार १४१ कित्ता सेयरका लागी लिलामी आवेदन खुल्ला गर्ने भएको छ । कम्पनीले एक लाख ६ हजार ९४० कित्ता संस्थापक तथा एक हजार २०१ कित्ता साधारण सेयर लिलाम बढाबढमा विक्री गर्ने भएको हो ।

कम्पनीले गत भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म शतप्रतिशत हकप्रद विक्री गर्दा एक लाख ७ हजार ४० कित्ता संस्थापक र एक लाख ८३ हजार १९६ कित्ता सेयर विक्री भएको थिएन ।

अवितरित सेयर गत पुस ४ देखि १२ गतेसम्म लिलामी गर्दा एक सय कित्ता संस्थापक र एक लाख ८१ हजार ९९५ कित्ता साधारण लिलामी मार्फत विक्री भएको थियो ।  विक्री नभएकाे बाँकी सेयर कम्पनीले फेरी लिलामीमा ल्याएको हो । 

लिलामीमा कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको शाखा कार्यालय वीरगञ्ज, बिराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज सुर्खेत र धनगढीबाट चैत्र १८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नसक्ने ब्यवस्था छ ।

लिलामीमा न्यूनतम एक सय कित्ता देखी लिलामीमा आएको सबै सेयरको लागी आवेदन गर्न सकिनेछ । दश लाख भन्दा बढी रकम आबेदन गर्ने लगानीकर्ताले अनिर्वाय आफ्नो प्यान नं. उल्लेख गरि बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र खुला गरिने समय र स्थान सबै संकलन केन्द्रबाट बोलपत्र प्राप्त भएपछि सूचना प्रकाशन गरि जानकारी दिने विक्री प्रबन्धकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।