सिटिजन्सद्वारा हकुना माटाटालाई आर्थिक सहयोग

Mar 18, 2018 Merolagani

‘योर पार्टनर फरप्रोग्रेस’ भन्ने नाराका साथ बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले माटाटालाई एक लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । एच .आई भी संक्रमित बोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ’साथ‘ नामक गैर सरकारी संस्थाको हकुना माटाटा परियोजनालाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग गर्दे आएकोमा यसैको निरन्तरता स्वरूप उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा एक लाख रकम संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई लाई हस्तान्तरण गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।