प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयर सकार्ने आज अन्तिम दिन

Mar 19, 2018 merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी(PICL) ले लिलामीमा राखेको १२ हजार ५०३ कित्ता सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले फागुन २८ गतेदेखि हकप्रदमा नबिकेको सेयर सर्वसाधारणलाई लिलामीमा राखेको थियो ।

एनआईसी एशिया क्यापिटल कम्पनीको विक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सय रुपैयाँ भन्दा माथि न्यूनतम सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल यो कम्पनीको दोस्रो बजारमा सेयरमूल्य ६६० रुपैयाँ रहेको छ ।

कम्पनीले गत पुष १६ गतेदेखि माघ २१ गतेसम्म ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा नबिकेको सेयर लिलामीमा राखेको हो ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले दुई करोड ५२ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।