राधी विद्युतको सेयर कारोबार अर्को साताबाट खुल्ने

Mar 19, 2018 Merolagani

केही महिना अगाडि आईपिओ जारी गरेको राधी विद्युत कम्पनी (RBCLL) को सेयर कारोबार आगामी साताबाट खुल्ने भएको छ । कम्पनीले आइतबार नेप्सेमा ४१ लाख कित्ता शेयर सूचीकृत गराएको छ ।

कम्पनीले गत पुस ३ देखि ६ गतेसम्म ७ लाख ६४ हजार ५५० कित्ता आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीको आइपिओ ७१ हजार १०२ आवेदकले दश कित्ताका दरले प्राप्त गरेका थिए भने एक आवेदकलाई ११ कित्ता सेयर परेको थियो ।

त्यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

राधी विद्युत कम्पनी लिमिटेडको अधिकृत पूँजी एक अर्ब ५० करोड र जारी पूँजी ४१ करोड रुपैँया रहेको छ । साधारण सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।