एनआईसी एशिया बैंकद्धारा कतार-मलेसिया लगायत पाँच देशबाट रेमिटेन्स सेवा शुरु

Mar 19, 2018 Merolganai

एनआइसी एशिया बैंक (NICA) ले मलेसिया, कतार, यूएई, साउदी अरब र मौरिससबाट नेपालमा रेमिट्यान्स सेवा सुरुवात गरेको छ । बैंकले मलेसियाको म्याक्स मनी एसडीएन.बीएचडी तथा एम.एम रेमिट एण्ड मौरिसस सँगको सहकार्यमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

एनआइसी एशिया बैंकले मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको हो । यस सम्बन्धमा बैंकबाट बैंकलाई गत फागुन २७ गते उक्त सेवा शुरु गर्न स्वीकृती समेत प्राप्त गरेको छ । सम्झौता अनुसार म्याक्स मनी एसडीएन.बीएचडी को मलेसियामा रहेका २१ सम्पूर्ण शाखाबाट नेपालमा रहेका आफन्तहरुले भुक्तानी पाउनेछन् ।

त्यसैगरि बैंकले कतार, यूएई, साउदी अरब र मौरिससबाट रेमिटेन्स भित्र्याउन एम.एम रेमिट मौरिसस सँग पनि विप्रेषण रकम भुक्तानी कार्यका लागि सम्झौता गरेको छ । यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गर्न राष्ट्र बैंकबाट फागुन २७ गते नै स्वीकृति प्राप्त गरेको छ ।

साथै, एनआइसी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकको १८४ शाखा तथा ४ हजार ६ सय सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने कद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।