सिद्धार्थको १४% बोनस पारित, एक अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन

Mar 19, 2018 Merolagani

सिद्धार्थ बैंकको आइतबार सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभाले सेयरधनीलाई १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिको पुस २० गते सम्पन्न २८५ औं बैंठकले प्रस्ताव गरेको बोनस साधारणसभाले पारित गरेको हो ।

सभाले चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँको १४ प्रतिशत बराबरको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस गर्ने निर्णय गरेको हो । बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड १७ लाख ७३ हजार ५५६ रुपैयाँ पुगेको छ ।

बैंकले बोनसअघि कायम चुक्ता पूँजीको १० प्रतिशत प्रतिशत हकप्रद सेयर विक्री गरिरहेको छ । हकप्रदलाई पूँजीकरण गर्दा बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

फागुन मसान्तसम्म बैंकले ८७ अर्ब ५७ करोड रुपैयाँ कुल निक्षेप संकलन गरि ७९ अर्ब २९ करोड रुपैयाँ कर्जा विस्तारबाट एक अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले ३ एक्स्टेन्सन् काउन्टर सहित १०० वटा शाखा कार्यालय, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस मेसिन मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।