सूर्या लाईफकाे ४० प्रतिशत हकप्रद स्वीकृत, चुक्ता पूँजी एक अर्ब नाघ्ने

Mar 19, 2018 Merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) को ४० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । कम्पनीले पुस २४ गते १० बराबर चार अनुपातमा २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा दिएकोमा चैत १ गते अनुमति प्राप्त गरेको हो ।

हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकोको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले १० प्रतिशत बोनसपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि एक अर्ब एक करोड ६ लाख रुपैयाँ कायम हुनेछ ।

जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रा त्रैमासमा इन्स्योरेन्सले ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७१५ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।