रिडी हाइड्रोको बोनस पाउन निवेदन दिनुपर्ने

Mar 20, 2018 Merolagani

रिडी हाइड्रोपावर कम्पनी (RHPC) को १६ औ बार्षिक साधाण सभाद्वारा पारित ६ प्रतिशत बोनस सेयर पाउन भौतिक सेयर धारण गरेका सेयरधनीले कम्पनीमा निवेदन दर्ता गराउनुपर्ने भएको छ । रिडीले मंगलबार सूचना जारी गर्दे भौतिक सेयर प्रमाणपत्र भएका सेयरधनीले निक्षेप सदस्य मार्फत सेयर डिम्याट गरेर कम्पनीमा निवेदन दिएपछि मात्र बोनस पाउने जनाएको हाे ।

बार्षिक साधारण सभाको लागि बुक क्लोज गरेको दिन असोज २८ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीको बोनस भने सूचीकृत भएपश्चात सिधै डिम्याट खातामा नै जम्मा गरिने कम्पनीले बताएको छ । भौतीक सेयर प्रमाणपत्र भएका सेयरधनीले बोनस पाउन अनिवार्य डिम्याट गराउनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

बुक क्लोज भन्दापछि सेयर डिम्याट गरेका वा हालसम्म डिम्याट नगरेका लगानीकर्ताले भने तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने सास्ती थपिएको हाे । यसरी निवेदन दिँदा कम्पनीको वेभसाईटमा रहेको ढाँचा डाउनलोड गरेर सेयरधनीको नाम, सेयरधनी नम्बर, निक्षेप सदस्यको नाम, हितग्राही खाता नम्बर, र हस्ताक्षर सहितको निवेदन पेश गर्नुपर्नेछ ।

२०७२ पुससम्म धितोपत्र बजारमा भौतिक तथा अभौतिक दुबै सेयरको कारोवार भइरहेको थियो । धितोपत्रको दोश्रो बजारलार्ई र्पूण स्वचालित बनाउने उद्देश्यले बोडले नेप्से र सिडिएसलाई निर्देशन दिएपछि त्यस यता अभौतिक सेयरको मात्र खरिद बिक्री हुँदै आएको छ ।

२०७३ साउनबाट प्राथमिक निष्काशनमा अनिवार्य डिम्याट लागू गरेको धितोपत्र बोर्डले गत साउन देखि अनिवार्य आस्वा प्रणली लागू गरेको हो । कात्तिक यता हकप्रद आवेदन समेत आस्वा प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था गरेको बोर्डले फागुन ११ गतेदेखि अनिवार्य सि आस्वा प्रणाली लागू गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।