मञ्जुश्री फाइनान्सको ५ प्रतिशत हकप्रद बिक्री सुरु

Mar 22, 2018 Merolagani

मञ्जुश्री फाइनान्स (MFIL) ले चैत्र ६ गते देखि चुक्ता पूँजीको ५ प्रतिशत हकप्रद सेयर विक्री सुरु गरेको छ । फाईनान्सले ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

मञ्जुश्री फाइनान्सको हकप्रद सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा फागुन ८ गतेसम्म कायम रहेका सेयरधनीले ०७५ बैशाख १२ गतेसम्म सि आस्वा प्रणालीमा सहभागि सबै बैंक तथा वित्तीय संस्था मार्फत आबेदन दिन सक्नेछन् । 

त्यस्तै क्यापिटलको शाखा कार्यालयहरु लालदरबार, लगनखेल र चिप्लेढुङ्ग पोखरा तथा मञ्जुश्री फाइनान्सका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था रहेको छ ।

७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र पाँच प्रतिशत हकप्रदपछि ८० करोड ४० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले चार करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।