सिभिल बैंकको ३१ लाख कित्ता संस्थापक सेयरकाे लिलामी खुल्यो

Mar 28, 2018 Merolagani

सिभिल बैंक (CBLPO) ले ३१ लाख २१ हजार ६०० कित्ता संस्थापक सेयर सर्वसाधारणले आवेदन गर्न पाउनेगरि लिलामीमा ल्याएको छ । यसअघि बैंकले फागुन २३ गतेदेखि चैत १ गतेसम्म हकप्रदमा अवितरित सेयर लिलामी खुला गरेपनि न्यून मात्रामा मात्र संस्थापक सेयर विक्री भएको थियो ।

सिभिलले चैत १ सम्म ३२ लाख ४४ हजार ६०० कित्ता संस्थापक र ९ लाख ९२ हजार ८१९ कित्ता साधारण सेयर लिलामीमा ल्याएको थियो ।

सो समयमा साधारण सेयर सबै विक्री भएपनि संस्थापक सेयर किन्न विद्यमान संस्थापकहरु अनिच्छुक देखिएपछि एक लाख २३ हजार कित्ता सेयर मात्र विक्री भएको थियो । बाँकी सेयर अहिले दोस्रो पटक सर्वसाधारणले आवेदन गर्न पाउने गरि लिलामीमा ल्याइएको हो । 

इच्छुकले बिक्री प्रकन्धक लक्ष्मी क्यपिटल नयाँबानेश्वर काठमाडौंमा चैत्र २१ गतेसम्म शिलबन्दीपत्र बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १०० रुपैयाँभन्दा बढी मूल्यमा १०० कित्तादेखि लिलामीमा आएको अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

शिलबन्दी बोलपत्र चैत्र २२ गते सिभिल बैंकको केन्द्रीय कार्यालय कमलादीमा बिहान ११ बजे खोलिने जनाइएको छ ।

बैंकले चालु आर्थिक वर्षको त्रैमासमा २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी रुपैयाँ कायम गरेको छ । बैंकको संस्थापक सेयरमूल्य मंगलबार प्रतिकित्ता १२७ रुपैयाँमा कारोबार भएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।