लाभांश प्राप्त गर्न बैंक खाता अद्यावधिक गर्न साल्ट ट्रेडिङ्गको आग्रह

Mar 29, 2018 Merolagani

साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को फागुन २२ गते सम्पन्न ५१ र्औ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा नै जम्मा गरिदिने जनाएको छ । बैंक खातामा नै नगद लाभांश प्राप्त गर्न  सेयरधनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक  गराउनुपर्ने  कर्पोरेशनले जनाएको छ ।

साल्ट ट्रेडिङ्गकाे सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेकाे छ । हालसम्म आफुसँग रहेको सेयर डिम्याट नगरेका सेयरधनीले भने नगद लाभांश पाउन निक्षेप सदस्यकहाँ सेयर डिम्याट खाता खोलेर बैंक खाता समेत अद्यावधिक गराउनुपर्नेछ

सेयर कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद लाभांश वितरण हुने साल्ट ट्रेडिङले जनाएको छ । गत वर्षको पनि लाभांश संकलन नगरेका सेयरधनीलार्इ कर्पोरेशनको केन्द्रीय कार्यालय कालीमाटीमा सम्पर्क गरि नगद लाभांश संकलन गर्न आग्रह गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।