मिर्मिरे माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद जारी गर्ने,धिताेपत्र बाेर्डमा दियाे निवेदन

Mar 29, 2018 Merolagani

मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) ले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्न नियामक निकायक धितोपत्र बोर्डमा फागुन ३० गते निवेदन दर्ता गराएको छ । लघुवित्तले चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो ।

हकप्रदकाे बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । गत भदौ २६ सम्पन्न लघुवित्तकाे विशेष साधारणसभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसअघि गत असार ५ गतेदेखि साउन ८ गतेसम्म कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।

शतप्रतिशत हकप्रद पूँजीकरण पश्चात लघुवित्त कम्पनीको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । गत बर्षको नाफाबाट लघुवित्तले चुक्ता पूँजी चार करोड ५० लाखको ३०.८० प्रतिशत बराबरकाे एक करोड ३८ लाख ६० हजार रुपैयाँको बोनस सेयर वितरण गरेकाले बोनस पश्चात कम्पनीको पूँजी १० करोड ३८ लाख ६० हजार कायम हुनेछ ।

चालु आवको दोस्रो त्रैमासमा एक करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको मिर्मिरेको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५ पैसा रहेको छ । लघुवित्तकाे सेयरमूल्य चैत १५ गते बिहीबार प्रतिकित्ता दुर्इ हजार २७० रूपैयाँ रहेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।