'हातमा नै बैंक’ भन्ने नाराका साथ माछापुच्छ्रे बैंकले ल्यायाे नयाँ मोबाइल बैंकिङ्ग सेवा

Mar 30, 2018 Merolagani

माछापुच्छ्रे बैंक(MBL)ले अत्याधुनिक सुबिधासहितको एम. वि. एल. मोबाइल मनी (M3 Plus) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले ‘हातमा नै बैंक’ भन्ने नाराका साथ नयाँ मोबाइल  बैंकिङ्ग (M3 Plus)  सार्वजनिक गरेको जनाएको छ ।

उक्त सेवाका विशेषताहरू इन्टरनेट / जिपिअारएसमा आधारित, मोबाईलबाट मुद्धती खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज,टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने जस्ता थुप्रै सुबिधा रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ६२ शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरहरू लगायत १४ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर ८६ वटा एटीएम सञ्चालनमा रहेको छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।