सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र हाथवे फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे, सिटी एक्सप्रेस फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राजचालिसे र जानकी फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनिशकुमार सिंहले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि (NCHL-ECC) प्रणाली उपलब्ध गराउने छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग (NCHL-ECC) प्रणाली सञ्चालनमा रहने बैंक तथा वित्तीय संस्थाको संख्या ८२ पुगेको छ ।