पोखरा फाइनान्सको १ लाख ८० हजार कित्ता सेयरको लिलामी खुल्यो

Apr 01, 2018 merolagani

पोखरा फाइनान्स (PFL) ले हकप्रदमा अबितरित एक लाख ८० हजार ७०१ कित्ता सेयरको लिलामी खुलाएको छ । फाइनान्सले संस्थापक समूहको ८० हजार ३४८ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

फाइनासले चुक्ता पूँजीको १५ प्रतिशतले हुने ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद सेयर निष्काशन गरेकोमा अवितरित सेयर लिलाम बढाबढमा विक्रीमा ल्याएको हो । जसको न्यूनतम सेयरमूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ ।

हाल यो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १४२ रुपैयाँ रहेको छ ।

फाइनान्सको लिलामी सेयरका लागि चैत २५ गते सम्ममा बिक्री प्रकन्धक एनआईबिएल एस क्यापिटल, पोखरा फाइनास न्यूरोड र एनआईबिएल बैंकका विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगड र धनगढीका शाखा कार्यलयहरूबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।

फाइनासको हाल ७५ करोड ४१ लाख ५६ हजार रूपैंया चुक्ता पुँजी छ । हकप्रदले समेत पाउन गरी ८.२६ प्रतिशत अर्थात ६ करोड २२ लाख ९९ हजार ९०७ रूपैंयाको बोनस घोषणा गरेको फाईनान्सको बोनस र हकप्रद पछि ८१ करोड ६४ लाख रूपैंया चुक्ता पूँजी कायम हुनेछ ।

फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३ लाख ३९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३१ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।