सिभिल बैंकको ३१ लाख संस्थापक सेयरमा बाेलपत्र पेश गर्ने अाज अन्तिम दिन

Apr 04, 2018 Merolagani

सिभिल बैंक (CBLPO) को ३१ लाख २१ हजार ६०० कित्ता संस्थापक सेयरमा बोलपत्र पेश गर्ने बुधबार अन्तिम हो । बैंकले यसअघि लिलामी गर्दा अधिकांश संस्थापक सेयर विक्री नभएपछि चैत्र १४ गतेदेखि फेरि लिलामीमा ल्याएकाे थियो ।

इच्छुक लगानीकर्ताले बुधबार ३ बजेसम्म बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वरमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । लिलामी आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा लिलामीमा आएको अधिकतम सबै कित्तामा आवेदन दिन सक्नेछन् । यसरी बोलपत्र पेश गर्दा न्यूनतम मूल्य एक सय रुपैयाँ वा सोभन्दा मूल्यमा गर्नुपर्नेछ ।

सिभिल बैंकले फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक र ९ लाख ९४ हजार ३५८ कित्ता साधारण सेयर लिलामीमा राखेकोमा १ लाख २३ हजार कित्ता संस्थापक  र सबै साधारण सेयर बिक्री भएको थियाे । संस्थापक तर्फको बिक्री नभएकाे सेयर बैंकले चैत १४ गतेदेखि पुन: सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी लिलामी निकालेको थियो ।

लिलामी सेयरको बोलपत्र चैत २२ गते बिहीबारबिहान ११ बजे सिभिल बैंकको केन्द्रीय कार्यालय कमलादीमा खुला गरिने लक्ष्मी क्यापिटलले जनाएको छ ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो । लिलामीमा सेयर विक्रीपछि बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक सेयर अन्तिम पटक प्रतिकित्ता १२७ रुपैयाँमा कारोबार भएको छ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउने क्रममा हकप्रदको बाटो रोजेका बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले हकप्रदको भारी बोक्न नसक्दा अधिकांश शेयर लिलामीमा आउने गरेको छ । लिलामीको संस्थापक सेयर बिक्री गर्न मुस्किल हुन थालेपछि सम्बन्धित कम्पनी र बिक्री प्रबन्धकलाई समेत कामको बोझ थपिन थालेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।